उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम विदेश नपठाउन इरानी सर्वोच्च नेताको आदेश

 

 

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनेईले उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम विदेश नपठाउन आदेश दिएका छन् । रिपोर्ट अनुसार यो निर्णय इरानले आफ्नो युरेनियम भण्डार विदेश पठाउनुपर्ने अमेरिकी मागविरुद्ध आएको हो ।

सार्वजनिक गरिएको विवरणअनुसार खामेनेईको निर्देशनपछि तेहरानले युरेनियम भण्डारणसम्बन्धी आफ्नो अडान अझ कडा बनाएको छ । इरानी नेतृत्वबीच समृद्ध युरेनियम देशबाहिर नपठाउने विषयमा सहमति बनेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका इरानलाई उच्च स्तरको समृद्ध युरेनियम राख्न नदिने बताएका थिए । उनले अमेरिका यस विषयमा सफल हुने दाबीसमेत गरेका छन् ।

इजरायली अधिकारीहरूले पनि ट्रम्पले इरानको समृद्ध युरेनियम देशबाहिर पठाइने आश्वासन दिएको बताएका छन् । इजरायलले कुनै पनि सम्भावित शान्ति सम्झौतामा यो शर्त समावेश गर्न चाहेको उल्लेख गरिएको छ । इरानी अधिकारीहरू भने युरेनियम विदेश पठाइए भविष्यमा अमेरिका र इजरायलबाट हुन सक्ने आक्रमणविरुद्ध आफू कमजोर बन्ने चिन्तामा रहेका छन् । त्यसैले युरेनियम देशभित्रै सुरक्षित राख्ने निर्णय गरिएको बताइएको छ ।

रिपोर्टअनुसार युद्धविराम लागू भए पनि शान्ति वार्तामा कुनै ठूलो प्रगति हुन सकेको छैन । अमेरिकी बन्दरगाह नाकाबन्दी तथा होर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रणका कारण वार्ता जटिल बनेको जनाइएको छ । इरानले युद्धविराम अमेरिकाको रणनीति हुन सक्ने आशंका पनि व्यक्त गरेको र पछि पुनः हवाई आक्रमण गर्न सकिने सम्भावनालाई गम्भीर रूपमा लिएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २०२५ जुनमा अमेरिका र इजरायलको आक्रमण हुँदा इरानसँग ६० प्रतिशतसम्म समृद्ध बनाइएको ४४० दशमलव ९ किलोग्राम युरेनियम रहेको थियो । उक्त युरेनियमको ठूलो हिस्सा इस्फहान र नतान्ज आणविक केन्द्रमा रहेको एजेन्सीको अनुमान छ ।

 

 

Nepal life insuranceimagesimagesimages

 

 

 

Nepal life insuranceimagesimagesimages