कान्स फेस्टिभलमा होटल भित्र मिस भेनेजुएलामा माथी हिंस्रक हमला

 

 

काठमाडौं, ८ जेठ । कान्स फेस्टिभलमा मिस भेनेजुएला २०२५, एन्ड्रिया डेल भ्याल माथी हिंस्रक आक्रामक  भएको छ ।  कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आएकी उनी माथी उनी बसेको होटलको कोठामा हिंस्रक आक्रमण गरिएको हो ।

उनी माथी हमला गर्ने सेलिब्रेटी स्टाइलिस्ट ३३ वर्षीया जियोभानी लागुनाले कोठामा कराइरहेको र हिंसात्मक संघर्ष गरिरहेको आवाज सुने पछि प्रहरी बोलाइएको थियो ।

उता, मिस भेनुजुएला डेल भ्यालले आफ्नो फोनमा रगतले लतपतिएको, कोठा पूर्ण रूपमा अव्यवस्थित र कुनामा बसेको लगुना देखाइएको एक विचलित पार्ने भिडियो रेकर्ड गरेकी थिइन, जो अहिले सार्बजनिक भएको छ ।

क्लिपमा, उनी स्पेनिश भाषामा भन्छिन्, ‘हेर, जियोभानी लागुनाले यही गरिस । बधाई छ, जियोभानी, म तिमीलाई तिमी वास्तवमा को हौ भनेर देखाउन चाहन्थें।’

 

 

Nepal life insuranceimagesimagesimages