अमेरिका-इरानबीच तनाव कायमै, पछिल्लो तीन दिनमा के के भयो ?

 

काठमाडौँ । इरान युद्ध फेरी हुने या अमेरिका-इरानबीच सहमति हुने भन्नेमा अन्योल कायमै रहेको छ भने अनेक किसिमका अड्कलबाजी समेत भइरहेका छन् ।

पछिल्ला तीन दिनमा अमेरिका, इरान र मध्यपूर्वसँग सम्बन्धित विभिन्न घटनाहरू सार्वजनिक भएका छन्, जसले ठूलो सैन्य तनाव बढ्ने आशंका थप बलियो बनाएको छ । यद्यपि अहिलेसम्म कुनै नयाँ अमेरिकी आक्रमणको आधिकारिक घोषणा गरिएको छैन, तर भइरहेका गतिविधिहरूलाई गम्भीर संकेतका रूपमा हेरिएको छ।

डोनाल्ड ट्रम्प अचानक ह्वाइट हाउस फर्किए

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छोराको विवाहसँग सम्बन्धित कार्यक्रम र सप्ताहन्तको योजना अचानक रद्द गरी ह्वाइट हाउस फर्किएका छन् । फर्किँदा उनले यो निर्णय सरकारी परिस्थितिका कारण गरिएको बताएका थिए । पछि उनले यसलाई इरानसँग जोडिएको विषय भएको संकेत गरेका थिए ।

अमेरिकी सेना र गुप्तचर निकाय उच्च सतर्कतामा

सीबीएस समाचारका अनुसार अमेरिकी सेना र गुप्तचर निकायका धेरै वरिष्ठ अधिकारीहरूले मेमोरियल डे सप्ताहन्तका सबै योजना रद्द गरेका छन्। सम्भावित नयाँ सैन्य कारबाहीको तयारीमा रहन अधिकारीहरूलाई स्ट्यान्डबाइमा राखिएको बताइएको छ।

मध्यपूर्वमा सैनिक तैनाथीमा पुनर्संरचना

images

रिपोर्टहरू अनुसार अमेरिका विदेशमा रहेको आफ्नो आपतकालीन फिर्ता प्रणाली अद्यावधिक गरिरहेको छ। साथै केही सैनिकहरूलाई मध्यपूर्व क्षेत्रबाट अन्य स्थानमा सार्ने काम पनि भइरहेको छ, जसले सम्भावित इरानी प्रतिकारात्मक आक्रमणमा अमेरिकी अड्डाहरूलाई कम जोखिममा राख्ने उद्देश्य रहेको बताइन्छ।

तेहरान पुगे पाकिस्तानी सेनाप्रमुख

images

पाकिस्तानका सेनाप्रमुख आसिम मुनीर गुपचुप रूपमा तेहरान पुगेका छन्। उनलाई इरानका गृह मन्त्रीले स्वागत गरेका थिए। रिपोर्टहरूका अनुसार कतार र पाकिस्तान दुवैले अमेरिका र इरानबीच अन्तिम चरणको मध्यस्थता प्रयास गरिरहेका छन्।

तुलसी गबार्डको राजीनामा

images

अमेरिकाको राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले राजीनामा दिएका छन्। उनको राजीनामा जुन ३० बाट लागू हुनेछ। यो पद अमेरिकाका सबै गुप्तचर निकायका रिपोर्ट राष्ट्रपतिसम्म पुर्‍याउने अत्यन्त महत्वपूर्ण जिम्मेवारी मानिन्छ।

इरानको सुरक्षा सतर्कता बढाइयो

इरानले आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध सोमबारसम्म थप विस्तार गरेको छ। साथै इरानी सेनाले सार्वजनिक रूपमा कुनै पनि “दुश्मनको मूर्खता” को कडा जवाफ दिने चेतावनी दिएको छ।

 

Nepal life insurance

Nepal life insuranceimagesimagesimages