जन्मदिनमा उदाहरणीय कार्य: वडाध्यक्ष खनालद्वारा अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ सहयोग

 

टेकराज भुसाल

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ।

वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

निर्माणाधीन मन्दिरको विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभएको छ।

व्यक्तिगत उत्सवलाई समाजसेवासँग जोड्दै गरिएको यस सहयोगको स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति तथा धार्मिक आस्थावान समुदायले उच्च प्रशंसा गरेका छन्। जन्मदिनमा अनावश्यक खर्च नगरी धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माणमा सहयोग गर्नु प्रेरणादायी कार्य भएको स्थानीयहरूको भनाइ छ।

images

निर्माणाधीन अर्जुनेश्वर शिवालय मन्दिर ढाकावाङ्ग क्षेत्रको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। मन्दिर निर्माण सम्पन्न भएपछि धार्मिक गतिविधि विस्तार हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

images

वडाध्यक्ष खनालको यस सहयोगले समाजमा जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक हितसँग जोड्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

 

images

 

Nepal life insuranceimagesimagesimages