अभिभावक सशक्तीकरणमा शान्ति बाटिका सिकाइ केन्द्रको पहल, तीनदिने शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

 

अर्घाखाँची डटकम संवाददाता

मालारानी–५, बागी, अर्घाखाँची।  श्री शान्ति बाटिका सामुदायिक सिकाइ केन्द्र, मालारानी–५ बागी, अर्घाखाँचीको आयोजनामा २०८३ साल जेठ १५, १६ र १७ गते तीनदिने अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

श्री शान्ति माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूमा शैक्षिक सचेतना अभिवृद्धि गर्नुका साथै बालबालिकाको शिक्षण सिकाइ, अनुशासन, नैतिक विकास र समग्र व्यक्तित्व निर्माणमा अभिभावकको भूमिकाबारे जानकारी गराउनु रहेको थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले बालबालिकाको नियमित अध्ययन, सकारात्मक व्यवहार विकास, प्रविधिको उचित प्रयोग तथा घरमै सिकाइमैत्री वातावरण निर्माणमा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

सहभागी अभिभावकहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्दै बालबालिकाको शैक्षिक तथा नैतिक विकासमा थप जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

images

आयोजक श्री शान्ति बाटिका सामुदायिक सिकाइ केन्द्रले यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै बालबालिकाको सिकाइ उपलब्धि सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

 

images

#शिक्षा #अभिभावकशिक्षा #सचेतना #CommunityLearning #EducationNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

images

Nepal life insuranceimagesimagesimages