आजको मौसमः पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ। यस प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र बदलीको अवस्था देखिएको छ।

विभागका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागको पूर्वानुमान छ।

यता मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज राति भने देशका हिमाली भू–भागमा साधारणतया बदली रहने, पहाडी भू–भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।


#आजकोमौसम #WeatherUpdate #नेपालमौसम #वर्षा #मेघगर्जन #चट्याङ #HeatWave #MausamSamachar #NepalWeather #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages