प्रहरीसँग कानुनका विद्यार्थी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न (तस्बिर सहित)

 

-अमृत पोखरेल , बुटवल।

 बुटवल , बेलबास-  कानुन विद्यार्थी समाजद्वारा आयोजित “प्रहरीसँग कानुनका विद्यार्थी अन्तरक्रिया कार्यक्रम” आज नमस्ते पार्टी प्लेस, बेलबासमा सफलतापूर्वक सम्पन्न भएको छ।

May be an image of one or more people and text that says "ज्ञान- चंतना न्याय सवा D काजून विद्यार्थी समाज प्रहरिकानुनका कानुनका বिকह्र्णी प्रहरीर अन कय 204 प्यालेस উেलের"

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवज्यू रहनुभएको थियो। उहाँले कानुनका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, अनुशासन, नागरिक जिम्मेवारी तथा प्रहरी–नागरिक सम्बन्धका विविध पक्षबारे महत्वपूर्ण जानकारी प्रदान गर्दै विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो।

images

May be an image of one or more people and text

images

अतिथिका रूपमा उपस्थित शंकर भुसालज्यू, राष्ट्रिय युवा सञ्जालका केन्द्रीय उपाध्यक्षले यस्ता ज्ञानमूलक तथा सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाहरूको सक्रिय सहभागिताको आवश्यकता औँल्याउनुभयो।

images

त्यसैगरी, लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका कोर्डिनेटरज्यू ले “कानुन विद्यार्थी भनेका भविष्यका न्यायविद्, कानुन व्यवसायी तथा राष्ट्र निर्माणका महत्वपूर्ण संवाहक हुन्” भन्दै विद्यार्थीहरूलाई अध्ययन, अनुशासन र नेतृत्व विकासमा निरन्तर लाग्न प्रेरित गर्नुभयो।

Nepal life insurance

May be an image of one or more people and text

कार्यक्रमका सभाध्यक्ष तथा कानुन विद्यार्थी समाजका अध्यक्ष बिवस पाण्डे ले आफ्नो मन्तव्यका क्रममा “यस्ता सचेतनामूलक कार्यक्रमहरूले असल व्यक्ति, सुयोग्य परिवार, सभ्य समाज, समृद्ध राष्ट्र तथा शान्त विश्व स्थापनामा महत्वपूर्ण भूमिका खेल्छन्” भन्ने धारणा व्यक्त गर्नुभयो।

May be an image of ‎dais and ‎text that says "‎-मान न्याय- सेवा कानुन विद्यार्थी सम प्रहरीसंग कानुनका विदा अन्तरक्रिया कार् का म्यसापूणी ভमजत मजल पরा बििराजजर 지합니게 বम सहकार्यं:- ২ਟক 세C ር و EOIREN ररात रामर वभसो ป้่น सले‎"‎‎

कार्यक्रममा कानुन अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। अन्तरक्रिया, प्रश्नोत्तर, अनुभव आदानप्रदान तथा प्रमाणपत्र वितरणसहित सम्पन्न भएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा कानुनी चेतना, नेतृत्व विकास तथा व्यवहारिक ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ।

May be an image of dais and text that says "छরब कर भवाये से. 제1층 प्रहरीर कानु समाज विय्यार्थी సో Berud N JAG JAG"

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, नेपाल प्रहरी, राष्ट्रिय युवा सञ्जाल, लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, सम्पूर्ण सहभागी विद्यार्थीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै महानुभावहरूप्रति कानुन विद्यार्थी समाज हार्दिक आभार व्यक्त गर्दछ।

May be an image of one or more people and text

 कानुनको ज्ञान, सचेत नागरिकको पहिचान।

#KanunBidhyarthiSamaj #PoliceAndLawStudents #LegalAwareness #YouthLeadership #Butwal #LawStudentsNepal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages