आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

 

काठमाडौँ । देशमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाइएको छ।

यता मधेश प्रदेशसहित लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

#WeatherUpdate #NepalWeather #RainAlert #Thunderstorm #WeatherForecast #MonsoonWatch #DepartmentOfHydrologyAndMeteorology #NepalNews #WeatherNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images

 

Nepal life insuranceimagesimagesimages

images