
काठमाडौं, २ असार । जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोससँग विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड रहेको छ । क्लोसले आफ्नो २४ वटा विश्वकप खेलहरूमा १६ पटक गोल गरेका छन्, जसमध्ये धेरै गोल गर्ने खेलाडीको रेकर्ड उनीसँग छ।
ब्राजिलका पूर्व फरवार्ड रोनाल्डो १९ खेलमा १५ गोलसहित दोस्रो स्थानमा छन् भने पश्चिम जर्मनीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय करियर बिताएका गर्ड मुलर १३ खेलमा १४ विश्वकप गोलसहित तेस्रो स्थानमा छन्।

हालका अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सी १३ गोलसहित चौथो स्थानमा छन्, उनीसँगै समान गोल गर्ने फ्रान्सका पूर्व स्ट्राइकर जस्ट फन्टेनले पनि १३ गोल नै गरेका छन् ।


फ्रान्सका केलियन एमबाप्पे संयुक्त रूपमा छैटौं स्थानमा रहेका छन्। उनी र ब्राजिलका तीन पटकका विश्वकप विजेता पेले दुवैले १२–१२ गोल गरेका छन्।
मेस्सी र एमबाप्पे एक मात्र खेलाडी हुन् सक्छन्, जससँग यस विश्वकपवाट क्लोसलाई उछिन्ने वास्तविक मौका पाएका छन् ।कतारमा २०२२ को विश्वकपमा यी जोडीले क्रमशः ७ र ८ गोलसहित शीर्ष दुई स्कोरर कायम गरेका थिए ।

सूचीको आठौं र नवौं स्थानमा स्यान्डोर कोक्सिस (हंगेरी) र जुर्गेन क्लिन्सम्यान (जर्मनी) रहेका छन, जससँग ११–११ गोल गरेको रेकर्ड रहेको छ।




