
काठमाडौं, असार ६ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भई एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा कायम भएको छ।


त्यसैगरी, एक युरोको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, कतारी रियाल, साउदी रियाल, युएई दिराम, कुवेती दिनार तथा अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर समेत अद्यावधिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने केही फरक हुन सक्ने उल्लेख गरिएको छ।

विदेशी मुद्रा विनिमय दर:






