
काठमाडौं, ५ असार । दक्षिण एसियावाट कुनै पनि देशले फिफा विश्वकप २०२६ मा भाग लिन सकेका छैनन, सबैभन्दा ठुलो जनसंख्या भएको भारतले पनि फिफा विश्वकपमा भाग लिन नसके पछि अहिले भारतमा नयाँ बहस सुरू भएको छ । यद्यपी यस वर्षको विश्वकपमा भारतीय मूलका केही खेलाडीहरूले भने फिफा विश्वकपको मैदानमा उत्रिएका छन् ।
जुन ११ मा सुरु भएको यो प्रतियोगिता मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाले सह–आयोजना गरेको छ र यस पटक ४८ देशहरूले भाग लिइरहेका छन्। ४८ मध्ये ४ देशहरूले आफ्नो टोलीमा भारतीय मूलका ४ फुटबल खेलाडीहरू समावेश गरेको छ ।


विकास ढोरासु २००६ मा फ्रान्सका लागि फिफा विश्वकप खेल्ने पहिलो भारतीय मूलका खेलाडी बनेका थिए । यद्यपि, उनको अन्तर्राष्ट्रिय फुटबल प्रदर्शन विशेष प्रभावशाली थिएन। अब २० वर्ष पछि भारतीय फ्यानहरूले भारतीय मूलका खेलाडीहरू सरप्रीत सिंह (न्यूजील्याण्ड), निशान भेलुपिलाई (अष्ट्रेलिया), तहसीन मोहम्मद जमशेद (कतार), र शमूएल मुथुसामी (डीआर कंगो) लाई विश्वकपमा खेलिरहेको देख्नेछन् ।

सरप्रीत सिंहः न्युजिल्याण्ड
सरप्रीतले न्युजिल्याण्डका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र तीन गोल गरेका छन्। सरप्रीतले न्युजिल्याण्डका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र तीन गोल गरेका छन्। १९९९ मा अकल्याण्डमा जन्मिएका सरप्रीत न्युजिल्याण्ड राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर हुन्। उनका आमाबाबु पञ्जाबबाट न्युजिल्याण्ड बसाइँ सरेका थिए। उनको एक जेठो भाइ र एक बहिनी पनि छिन्। परिवारले न्युजिल्याण्डमा किराना पसल चलाएको थियो।

सरप्रीतले बाल्यकालमा धेरै खेल खेल्थे तर फुटबल उनको पहिलो प्रेम थियो। २०१५ मा १६ वर्षको उमेरमा उनले वेलिंग्टन फिनिक्स फुटबल क्लबको लागि आफ्नो सिनियर डेब्यू गरेका थिए । २०१८ मा उनले मुम्बईमा भएको इन्टरकन्टिनेन्टल कपमा न्यूजील्याण्डको सिनियर राष्ट्रिय टोलीको लागि डेब्यू गर्ने अवसर प्राप्त गरे। त्यो प्रतियोगितामा न्यूजील्याण्डले सुनील क्षेत्रीको नेतृत्वमा रहेको भारतीय टोलीलाई २–१ ले पराजित गर्यो, जसमा सरप्रीतले दुवै गोलमा सहयोग गरेका थिए ।

तहसीन मोहम्मद जमशेदः कतार
तहसीनले २०२६ को विश्वकप छनोट खेलमा अफगानिस्तान विरुद्धको खेलबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। तहसीनले २०२६ को विश्वकप छनोट खेलमा अफगानिस्तान विरुद्धको खेलमा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् । जुन १६ मा २० वर्ष पुगेका तहसीन मोहम्मद जमशेद यस वर्षको विश्वकपमा कतारको लागि विङ्गरको रूपमा खेल्ने छन्।
तहसीनका बुबा जमशेद मूल रूपमा केरलाको कुन्नूर जिल्लाको थालासेरीका हुन् र उनकी आमा श्यामा वालापट्टनमकी हुन्। उनको परिवार २००६ देखि कतारमा बस्दै आएको छ। जमशेदले कालिकट विश्वविद्यालयबाट फुटबल खेलेका र आफ्नो छोराको प्रशिक्षणमा महत्वपूर्ण भूमिका खेलेका समेत थिए ।
तहसीनले कतारको एस्पायर एकेडेमीमा तालिम लिए र सानै उमेरमा अल–दुहैल स्पोर्ट्स क्लबबाट खेल्ने मौका पाए। र, उनले चाँडै नै राष्ट्रिय टोलीमा स्थान हासिल गरे।
निशान भेलुपिल्लईः अष्ट्रेलिया
निशान अष्ट्रेलियाली राष्ट्रिय टोली सकरूजका लागि एक आक्रामक खेलाडीको रूपमा चिनिन्छन्। २५ वर्षीय निशान भेलुपिल्लईकी आमा एङ्ग्लो–इन्डियन हुन्, जबकी उनका बुबा श्रीलंकाली तमिल मूलका मलेसियाली हुन्। निशान अष्ट्रेलियामा जन्मेका थिए र मेलबर्नमा हुर्केका थिए। क्लब फुटबलमा उनी मेलबर्न भिक्ट्रीबाट खेल्छन्। उनी अष्ट्रेलियाली राष्ट्रिय टोली, सकरूजमा एक आक्रमणकारी खेलाडीको रूपमा चिनिन्छन्। २०२४ मा उनले चीन विरुद्धको विश्वकप छनोटमा डेब्यू गरे, त्यही खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत गरेका थिए । आजसम्म उनले ७ अन्तर्राष्ट्रिय खेलहरूमा ३ गोल गरिसकेका छन्।

स्यामुएल मुतुस्सामीः प्रजातान्त्रिक गणराज्य कंगो
स्यामुएल २०१९ देखि प्रजातान्त्रिक गणराज्य कंगोको लागि खेल्दै आएका छन्। स्यामुएल मुतुस्सामीका बुबा भारतीय तमिल मूलका हुन् र ग्वाडेलूपको क्यारिबियन क्षेत्रका हुन्। उनकी आमा मूल रूपमा कङ्गोकी हुन्। उनको जन्म फ्रान्सको राजधानी पेरिसमा भएको थियो। फिफाको नियम अनुसार खेलाडीले आफ्ना आमाबाबु वा हजुरबा हजुरआमाको देशको प्रतिनिधित्व गर्न सक्छ, यदि उनीहरूसँग त्यो देशको राहदानी छ भने। र, पेरिसमा जन्मे पनि स्यामुएल मुतुस्सामी २०१९ देखि प्रजातान्त्रिक गणतन्त्र कंगोको लागि खेल्दै आएका छन्। उनले अहिलेसम्म ५७ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनको नाममा कुनै अन्तर्राष्ट्रिय गोल छैन, तर उनले क्लब फुटबलमा १४ गोल गरेका छन्।




