
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गरेको छ ।
त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ५५ लाख ४६ हजार कमाई गरेको छ । यस फिल्मले ५७ हजार १३२ टिकट विक्री गरेको छ ।

त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ४ लाख २५ हजार कमाएको छ । यस फिल्मले कुल १८१५ टिकट बिक्री गरेको छ ।






