समाज रूपान्तरणमा दलित पत्रकारको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख श्रेष्ठ (तस्बिर सहित )

-अनिल नेपाली

सन्धिखर्क, असार १४ — सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज र राष्ट्रको रूपान्तरणमा दलित समुदायका पत्रकारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग तथा दलित चेतना विकास परिषद्, नेपालको सहजीकरणमा सञ्चालन भएको दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले दलित पत्रकारहरूले समाजमा विद्यमान विभेद, अन्याय र असमानताका विषय उजागर गर्दै सामाजिक न्याय स्थापनामा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए।

May be an image of one or more people, dais and text

उनले दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा समान अवसर सुनिश्चित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै जिम्मेवार, निष्पक्ष र व्यावसायिक पत्रकारिताले समावेशी समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

May be an image of one or more people, television, newsroom, dais and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका–२ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी, गैरसरकारी संस्था महासङ्घ अर्घाखाँचीका अध्यक्ष ठाकुर अधिकारी तथा नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका पूर्व अध्यक्ष शोभाखर पन्थीले सामाजिक रूपान्तरण, समावेशी विकास र समानतामूलक समाज निर्माणमा दलित समुदायको योगदान उल्लेखनीय रहेको बताए।

May be an image of one or more people, phone, television and text

दुईदिने तालिममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य राधा नेपाली, महासङ्घ अर्घाखाँचीका पूर्व अध्यक्ष शोभाखर पन्थी तथा राष्ट्रिय दलित पत्रकार सङ्घ, लुम्बिनी प्रदेशका सचिव अनिल नेपालीले सहजीकरण गरिरहेका छन्।

images

May be an image of one or more people, people studying and table

तालिममा पत्रकारिता क्षमता अभिवृद्धि, समाचार लेखन, पेशागत सुरक्षा, सञ्चार आचारसंहिता तथा समसामयिक पत्रकारितासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन अनिल नेपालीले गरेका थिए।

images

May be an image of one or more people and text

May be an image of studying and text

images

May be an image of dais and text

अन्य समाचारहरु