बोस्निया-हर्जेगोभिनालाई हराउदै अमेरिका विश्वकपको अन्तिम १६ मा

काठमाडौं । संयुक्त राज्य अमेरिका सन् २००२ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले अब अन्तिम १६ मा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

बोस्निया-हर्जेगोभिनाविरुद्धको खेलमा अमेरिकाले १० खेलाडीमा सीमित हुँदै पनि २-० को जित हात पार्यो । पहिलो हाफमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा तारिक मुहरेमोभिचमाथि गरिएको चुनौतीका कारण बालोगुनले रातो कार्ड पाएपछि खेलको बाँकी २६ मिनेट अमेरिका १० खेलाडीमा सीमित भएको थियो ।

संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकाले दबाबलाई राम्रोसँग सामना गर्यो । खेलको ८२औं मिनेटमा अमेरिकाका मालिक टिलम्यानले आकर्षक फ्रिकिकमार्फत अर्को गोल गर्दै अग्रता दोब्बार पारेका थिए ।

यस जितसँगै आयोजक अमेरिकाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जहाँ उसले बेल्जियमको चुनौती सामना गर्नेछ।