
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।
आज राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधयक २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय , राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आतोगको कार्यालयको विनियोजन शिर्षकमा छलफल हुदैछ ।





