प्युठानमा ११ जुवाडे नगदसहित पक्राउ

प्युठान, २० असार – प्रहरीले स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरस्थित मुनलाइट होटलमा जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति प्रहरीले होटल सञ्चालक सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर खड्कासहितलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार १ सय १२ रूपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको थियो।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।