मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम

अर्घाखाँची, असार २१ अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर, मिर्गौलासम्बन्धी समस्या लगायत नसर्ने रोगबाट बच्ने उपाय, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, शारीरिक व्यायाम, मानसिक स्वास्थ्य तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा जानकारी प्रदान गरिएको थियो।

May be an image of one or more people, people studying and text

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले नसर्ने रोगको जोखिम बढ्दै गएकाले उपचारभन्दा रोकथाम प्रभावकारी हुने बताउँदै नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

May be an image of one or more people and temple

छत्रदेव गाउँपालिका–३ का वडाध्यक्ष तेजप्रसाद खनालले स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई स्थानीय तहले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै स्वास्थ्य शिक्षा विस्तारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

May be an image of text that says "नसर्ने र्रेग तथा विमिन्न ख्वास्थ्य सुम्बन्धी दिवसहरू बारेमा सचेतना कार्यत्रम मिति २०८३०३।२१गते स्थान छत्रदेव गाउंपालिका मौवापोखरी अर्धाखांची ਸ਼ਰੀ मिवालय कृषि मधयं पचत सहकरा सংच्यालिक जौचो साधारण सताा @1/03/22 జై आयोजक स्वास्थ्य कार्यालय अ्घाखिवी"

त्यस्तै, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद खनाल, दुन्द्रुक आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख यादव खनाल तथा पत्रकार केशव पन्थीले पनि नसर्ने रोगको रोकथाम, समयमै स्वास्थ्य परीक्षण र स्वास्थ्यसम्बन्धी सही सूचना समुदायसम्म पुर्‍याउन जनचेतनामूलक कार्यक्रमको महत्वबारे धारणा राख्नुभएको थियो।

May be an image of one or more people, people studying, hospital and text

images

करिब ४० जना स्थानीय बासिन्दाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्वास्थ्य कार्यालय अर्घाखाँचीले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।

तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम

images

May be an image of text that says "C नसुरन रोेग तथा विमिन्न रुवासथ्य सुम्बन्धी दिवसहर बारेमा सचेतना कार्यत्रम मिति: २०८३०३1२१ मिषतिम:३०३०३२१गत गते स्थान: छत्देव गाउंपालिका- लिका-३, ម្, मौवापोखरी, उर्घाख्वांची E adO आयोजक: आयो जक स्वास्थ्य काया अर्घखाँची"

May be an image of one or more people, people studying and text

images

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people, people studying and text