बर्दघाटमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी (पश्चिम) ।  नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका १० कपन बस्ने ३३ वर्षीय बद्री मगर, जिल्ला काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदिश बिएल, जिल्ला चितवन कालिका नगरपालिका ३ पदमपुर बस्ने ६५ वर्षीया यनु मगर, जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ४ अमरपथ बस्ने ४० वर्षीय रुप गुरुङ, माईक्रोबसका सहचालक ३५ वर्षीय गोविन्द थापा, माईक्रोबस चालक जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका १२ ढवाह बस्ने ४४ वर्षीय कृष्ण थापा, जिल्ला गुल्मी इस्मा गाउँपालिका ६ बस्ने २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर, कर्नाटक बस्ने ६१ वर्षीय नन्जुण्डे गोडा र जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका १७ बस्ने २८ वर्षीय प्रकाश भट्टराई रहेका छन् ।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका ११ बस्ने ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।