एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह

एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह

अर्घाखाँची डटकम ।

अर्घाखाँची। अर्घाखाँचीको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर डुबानमा परेको भन्ने आशयको कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार गरिएको भ्रामक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सुपादेउराली मन्दिर संरक्षण समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सुत्नु अगाडि जय श्री सुपादेउराली मन्दिर को दर्सन गर्नुहोस्🙏🕉️

समितिले सार्वजनिक गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएको उक्त तस्बिर पूर्ण रूपमा भ्रामक, कपोलकल्पित र वास्तविकतासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। एआईको प्रयोग गरेर तयार गरिएको तस्बिरले धार्मिक आस्थामाथि मात्र नभई अर्घाखाँची जिल्लाको पहिचान, पर्यटन र जनविश्वासमाथि समेत नकारात्मक असर पुर्‍याउने भएकाले यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने समितिको भनाइ छ।

समितिले भाइरल हुने उद्देश्यले धार्मिक स्थल, ऐतिहासिक सम्पदा तथा जनभावनासँग जोडिएका विषयमा झुटा तस्बिर, भिडियो वा सूचना निर्माण तथा प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी पनि दिइएको छ।

 भ्रामक  तस्बिर- लोकप्रियता (भाइरल) कमाउने नाममा धार्मिक आस्थामाथि खेलवाड

समितिले सर्वसाधारणलाई कुनै पनि तस्बिर वा सूचना सामाजिक सञ्जालमा शेयर वा प्रसारण गर्नुअघि त्यसको सत्यता सम्बन्धित आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रह गरेको छ।

सुपादेउराली एउटा मन्दिर मात्र होइन, लाखौँ श्रद्धालुको आस्था, अर्घाखाँचीको गौरव र नेपालको महत्वपूर्ण धार्मिक सम्पदा हो। त्यसैले सामाजिक सञ्जालमा लोकप्रियता (भाइरल) कमाउने नाममा धार्मिक आस्थामाथि खेलवाड गर्नु कानुनी मात्र होइन, सामाजिक र नैतिक रूपमा पनि अस्वीकार्य कार्य हो।

images

पछिल्लो प्राप्त जानकारीअनुसार उक्त भ्रामक सामग्री गुल्मीका एक युवाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार गरेको भन्ने जानकारी प्राप्त भएको सुपादेउराली मन्दिर संरक्षण समितिले जनाएको छ। समितिका अनुसार उक्त कार्यमा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानपछि प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइनेछ।

 

images

 भ्रामक  तस्बिर- लोकप्रियता (भाइरल) कमाउने नाममा धार्मिक आस्थामाथि खेलवाड

images

#arghakhanchicom #SupadeuraliTemple #Arghakhanchi #FakeNews #AI #FactCheck #Misinformation #DigitalResponsibility #ReligiousHeritage #Nepal