
अर्घाखाँची। नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको आयोजनामा तथा नेपाल नियमित रक्तदाता संघ अर्घाखाँची, लायन्स क्लब अफ अर्घाखाँची र ‘योगदान राष्ट्रका लागि’ को सहआयोजनामा सम्पन्न वृहत् रक्तदान कार्यक्रम भव्य, सभ्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै उत्कृष्ट मानिने ८१ पोका रगत संकलन गरिएको आयोजकले जनाएको छ।


नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष सञ्जय हिताङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला प्रमुख अतिथि रहनुभएको थियो।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


त्यसैगरी हार्ट फाउन्डेसनका जिल्ला संयोजक कृष्णप्रसाद भुसाल, नेपाल नियमित रक्तदाता संघ अर्घाखाँचीका अध्यक्ष अशोक चौहान, लायन्स क्लब अफ अर्घाखाँचीकी अध्यक्ष मीरा केसीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो।


कार्यक्रममा संघका उपाध्यक्ष सुदन आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गोमा सापकोटा र संघका महासचिव शिव बन्जाडेले संयुक्त रूपमा गर्नुभएको थियो।

आयोजकका अनुसार रक्तदान जीवनदान भन्ने सन्देश प्रवाह गर्दै सम्पन्न उक्त कार्यक्रम जिल्लामा रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
तस्बिर : गोमा सापकोटा रेग्मी











