रिडीमा मलामीका लागि व्यवस्थित आश्रयस्थल निर्माण, छत्रदेव–रूरूक्षेत्रको संयुक्त पहलले वर्षौँदेखिको समस्या अन्त्य (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम

अर्घाखाँची/रिडी। लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक तीर्थस्थल रिडीमा अन्तिम संस्कारका लागि पुग्ने मलामीहरूका लागि व्यवस्थित आश्रयस्थल निर्माण गरिएको छ। छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको आश्रयस्थल आइतबार संयुक्त रूपमा उद्घाटन गरिएको हो।

No photo description available.

हिन्दू धार्मिक मान्यताअनुसार रिडीमा दाहसंस्कार गर्दा दिवंगत आत्माले सद्गति प्राप्त गर्ने विश्वासका कारण अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, बागलुङ, स्याङ्जालगायत विभिन्न जिल्लाबाट दैनिक रूपमा शवयात्रा रिडी पुग्ने गर्छन्। तर मलामी बस्ने उचित आश्रयस्थल नहुँदा वर्षौंदेखि घाम, वर्षा र चिसोको सास्ती खेप्नुपर्ने अवस्था थियो।

यस समस्यालाई समाधान गर्न छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको पहलमा रूरूक्षेत्र गाउँपालिकासँग सहकार्य गरी आश्रयस्थल निर्माण गरिएको हो। आश्रयस्थलको संयुक्त उद्घाटन छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गरेका हुन्।

May be an image of one or more people and text

उद्घाटन कार्यक्रममा दुवै पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नागरिकको दुःखको घडीलाई सहज बनाउने उद्देश्यले योजना अघि बढाइएको बताउँदै विकास भनेको भौतिक पूर्वाधारसँगै मानवीय आवश्यकताको सम्बोधन पनि भएको उल्लेख गर्नुभयो।

May be an image of one or more people and text

त्यस्तै रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले धार्मिक सम्पदा संरक्षणसँगै नागरिकको प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्ने उदाहरणीय कार्य भएको बताउनुभयो।

images

May be an image of text

स्थानीयवासीले दुवै गाउँपालिकाको संयुक्त पहलको प्रशंसा गर्दै यस आश्रयस्थलले रिडी पुग्ने हजारौँ शोकाकुल परिवारलाई ठूलो राहत पुग्नेछ।

images

तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम

May be an image of train and text that says "रुरुक्षत्र गाडँपालिका, गुल्मी र छत्रदेव गाउपालिका, अर्घयाखांचीको संयुक्त लगानीमा निमित रुरुक्षेत्र छत्रदेव मलामी आश्रमस्थल रुरुक्षेत्र-१ रिडीको समुदघाटन रुरुक्षेत्र गाडँपालिका अध्यक्ष श्री यदु ज्वालीज्यू र छत्रदेव गाउँपालिका अध्यक्ष श्री चन्दरमान श्रेष्ठन्यूको कर- र-कमलबाट सु-सम्पन्न भयो। इति सम्वत्: ನಂತ್ತಿ साल असार २८ गते रोज मा शुभम् I"

images

May be an image of text

May be an image of one or more people and text