अर्घाखाँचीमा बादरको आतंक : कक्षा ७ का विद्यार्थी गम्भीर घाइते

-केशव पन्थी ,  अर्घाखाँची डटकम

अर्घाखाँची, । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ स्थित कालिका बोडिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाल विद्यालयबाट घर फर्किने क्रममा बादरको आक्रमणमा परेका छन्।

स्थानीयका अनुसार बादरले सुदनलाई सुरुमा खुट्टामा आक्रमण गरेको थियो। त्यसपछि बायाँ हातमा समेत आक्रमण गर्दा उनको हातमा गहिरो चोट लागेको हो।

घाइते सुदनको सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा उपचार गरिएको छ। स्वास्थ्यकर्मी लक्ष्मण नेपालीका अनुसार उनको बायाँ हातमा गहिरो घाउ भएकाले ८ वटा टाँका लगाएर उपचार गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

May be an image of smiling and hospital

पछिल्लो समय गाउँबस्ती तथा विद्यालय आसपास बादरको आतंक बढ्दै जाँदा विद्यार्थी, सर्वसाधारण तथा किसानसमेत त्रसित बनेका छन्। स्थानीयवासीले मानव तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै बादर नियन्त्रण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

तस्बिर : केशव पन्थी / अर्घाखाँची डटकम

May be an image of hospital

May be an image of smiling and hospital

images