श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलङ्का भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रचण्ड साउन १ गते (जुलाई १५) श्रीलङ्का पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए ।

श्रीलंकामा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।