भारतीय कलाकार, जसले जनाए जन्तरमन्तरको आन्दोलनलाई समर्थन

याँ दिल्ली, ७ असार । ककरोच जनता पार्टीले दिल्लीको जन्तरमन्तर र ‘चलो संसद’ प्रदर्शनका क्रममा उठाएको मुद्दा भारतीय कलाकारहरूले समर्थन जनाउने क्रम जारी राखेका छन।

प्रश्नपत्र चुहावट र शिक्षा क्षेत्रमा भएको भनिएको अनियमितता तथा विद्यार्थीहरू माथि प्रहरीले गरेको कारबाहीको विरोधमा धेरै चर्चित भारतीय कलाकार, चलचित्र निर्माता र गायकहरूले प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत समर्थन र ऐक्यबद्धता जनाएका हुन ।

यी कलाकार, जसले जनाए आन्दोलनमा समर्थनः

अनुराग कश्यपः  प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक कश्यपले इन्स्टाग्राममार्फत विद्यार्थीहरूको आन्दोलनको समर्थन गर्दै प्रहरी कारबाहीको तीव्र आलोचना गरेका छन्।

 

हुमा कुरेशीः अभिनेत्री हुमा कुरेशीले विद्यार्थीहरूमाथि प्रहरीले गरेको बल प्रयोगको विरोध गर्दै विद्यार्थीहरूको आवाज सुन्नुपर्ने र उनीहरूलाई सम्मानका साथ संवादमा ल्याउनुपर्ने अभिव्यक्ति दिएकी छन्।

 

विशाल ददलानीः चर्चित सङ्गीतकार तथा गायक विशाल ददलानीले सामाजिक सञ्जालमा पोस्ट गर्दै विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको कडा शब्दमा निन्दा गरेका छन्।

 

images

वीर दासः स्ट्यान्ड अप कमेडियन र अभिनेता वीर दासले युवाहरू र प्रदर्शनकारी विद्यार्थीहरूको पक्षमा नबोल्ने कलाकारहरूको आलोचना गर्दै देशका युवाको मुद्दामा सबैले साथ दिनुपर्ने बताएका छन्।

 

images

रितेश देशमुख र जेनेलिया देशमुखः अभिनेता रितेश र अभिनेत्री जेनेलियाले संयुक्त वक्तव्य जारी गर्दै देशका युवाहरूको आवाज बिना कुनै डर सुध्रिनु पर्ने र उनीहरूलाई समर्थन गर्नुपर्ने जनाएका छन्।

 

images

शबाना आजमीः वरिष्ठ अभिनेत्री शबाना आजमीले पनि आन्दोलनकारी विद्यार्थीहरूप्रति समर्थन व्यक्त गरेकी छन्।

 

प्रकाश राज र प्रतिभा रन्टाः अभिनेता प्रकाश राज र अभिनेत्री प्रतिभा रन्टाले पनि विद्यार्थीहरूको माग र प्रदर्शनको पक्षमा ऐक्यबद्धता जनाएका छन्।