अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त, यी हुन् छनोट भएका उम्मेदवार
श्रावण ९ गते, २०८३ मा प्रकाशित
अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त, यी हुन् छनोट भएका उम्मेदवार
अर्घाखाँची। डिभिजन वन कार्यालय, अर्घाखाँचीले जिल्लाका बाँदर प्रभावित क्षेत्रमा कृषि बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि २६ जना बाँदर हेरालु नियुक्त गरेको छ।
कार्यालयले २०८३ साउन ६ गते प्रकाशित सूचनाअनुसार प्राप्त ६४ वटा आवेदन मध्ये सूचनामा तोकिएको उमेर हद, सम्बन्धित वडाको सिफारिस तथा बाँदर प्रभावित क्षेत्रको विश्लेषणका आधारमा २०८३ साउन ९ गतेको निर्णयअनुसार २६ जनालाई दुई महिनाका लागि नियुक्त गरिएको जनाएको छ।
नियुक्त गरिएका बाँदर हेरालुहरूलाई जिल्लाका सन्धिखर्क, छत्रदेव, भूमिकास्थान, पाणिनी र मालारानी लगायतका बाँदरबाट अति प्रभावित २६ क्षेत्रमा परिचालन गरिनेछ। उनीहरूको मुख्य जिम्मेवारी बाँदरको निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, खेतीयोग्य क्षेत्रबाट बाँदरलाई मानवीय तथा वातावरणमैत्री ढङ्गले वनतर्फ फर्काउने तथा बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा र कार्यालयलाई जानकारी गराउने रहनेछ।
डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईका अनुसार यो कार्यक्रमले बाँदरबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
छनोट भएका २६ जना बाँदर हेरालु
१. निमानन्द खनाल – छत्रदेव–४ क्षेत्र २. करण नेपाली – बेहोरे/कुर क्षेत्र ३. चन्द्रमान श्रेष्ठ – झेडी–डिभर्ना क्षेत्र ४. दीपककुमार श्रेष्ठ – तुम्कोट, गाढसाल, फूलबारी क्षेत्र ५. सन्तोष राना – नेपालीचौर, किमडाँडा क्षेत्र ६. कमलबहादुर केसी – सन्धिखर्क–६ क्षेत्र ७. रोशन प्राचार्य – सन्धिखर्क–४ क्षेत्र ८. प्रकाश श्रेष्ठ – खाबडाँडा, पक्ते, गोलखाडा क्षेत्र ९. रामबहादुर खत्री – सन्धिखर्क–११ क्षेत्र १०. नारायण भाट क्षेत्री – सन्धिखर्क–३ क्षेत्र ११. मिलन पौडेल – छत्रदेव–२ क्षेत्र १२. माधव बन्जाडे – छत्रदेव–१ क्षेत्र १३. कृष्णप्रसाद खनाल – छत्रदेव–३ क्षेत्र १४. तिलक बन्जाडे – भूमिकास्थान–४ क्षेत्र १५. द्रोणप्रसाद भूपाल – भूमिकास्थान–१० क्षेत्र १६. बलबहादुर कामी – गैरगोठ, चौतारा, बतासे क्षेत्र १७. कृष्णप्रसाद धिमिरे – पियाले, सलिनडाँडा, सुरासिङ, क्षेत्र १८. गोविन्द पोखरेल – सम्बन्धित क्षेत्र १९. सूर्यबहादुर नेपाली – सन्धिखर्क–७ क्षेत्र २०. तुल्सीराम पोखरेल – पाणिनी–१ क्षेत्र २१. सुमन गाहा मगर – पाणिनी–३ क्षेत्र २२. मुक्तिराम घिमिरे – पाणिनी–५ क्षेत्र २३. भक्तिराम भूपाल – मालारानी–४ क्षेत्र २४. विनबहादुर कामी – मालारानी–७ क्षेत्र २५. कृष्ण नेपाली – रोकाचौर–अमिले क्षेत्र २६. नवीन नेपाली – गर्दा, कुभिन्डे, ढाडपारि क्षेत्र
डिभिजन वन कार्यालयले नियुक्त भएका सबै बाँदर हेरालुलाई तोकिएको क्षेत्रमा नियमित रूपमा परिचालन भई कृषि बाली संरक्षण तथा बाँदर व्यवस्थापनको कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।