पर्साबाट १४० केजी गाँजा बरामद

पर्सा । पर्सामा प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित सुरक्षा बेसबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैचामा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।

प्रहरीले बगैचाभित्र घाँसमा लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ १३ वटा पोकामा प्याक गरिएको अवस्थामा बरामद गरेको जनाएको छ। बरामद गरिएको पदार्थको तौल १४० किलोग्राम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।