जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…

मुम्बई, ११ साउन । हालै अभिनेत्री इभा ग्रोभरले आफ्ना पूर्वपति हैदर अली खान, जो अभिनेता आमिर खानका सौतेनी भाइ पनि हुन्, बारे केही गम्भीर दाबीहरू गरेकी छिन्।

उनले यसअघि नै बताएकी थिइन् कि हैदर हाल आर्थिक कठिनाइको सामना गरिरहेका छन् र आफ्ना दैनिक आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गरिरहेका छन्।

अब, इभाले अर्को सनसनीपूर्ण आरोप लगाएकी छिन्। उनको दाबी छ कि वैवाहिक सम्बन्धका क्रममा हैदर अली खानले चलचित्र उद्योगमा काम दिलाउने बहानामा उनलाई निर्देशकहरूसँग यौन सम्बन्ध राख्न दबाब दिने गर्थे।

‘रेडी’ र ‘करिश्मा का करिश्मा’ जस्ता परियोजनाहरूका लागि परिचित ४५ वर्षीया अभिनेत्री इभा ग्रोभरले हालै एक अन्तर्वार्ताका क्रममा आफ्ना पूर्वपति हैदर अली खानविरुद्ध गम्भीर आरोप लगाएकी हुन् । सिद्धार्थ कन्ननसँगको कुराकानीमा जब उनलाई पूर्वपतिले अन्य व्यक्तिहरूसँग यौन सम्बन्ध राख्न कहिल्यै दबाब दिएका थिए कि भनेर ?

उनले बताइन् कि एउटा यस्तो समय पनि आयो, जब उनले आफ्ना पूर्व पतिको परिवारलाई आर्थिक सहयोग गर्न आफ्ना मुद्दती निक्षेपहरू तोड्नुपर्‍यो र कारहरू समेत बेच्नु पर्‍यो। इभाका अनुसार त्यस अवधिमा उनलाई यस्तै प्रकृतिको एउटा प्रस्ताव राखिएको थियो, तर उनले त्यसलाई अस्वीकार गरिन्।

उनलाई सोधियो, तब इभाले त्यस्ता घटनाहरू भएको दाबी गरिन् । उनका अनुसार, उनले त्यस्तो दबाब र यस प्रकारका मागहरूको सामना गर्नुपरेको थियो।

इभा ग्रोभरले थप दाबी गरिन् कि उनका पूर्वपतिले उनलाई घरको खर्च धान्न, बिजुलीको बिल तिर्न र परिवारको आर्थिक आवश्यकता पूरा गर्न यसो गर्नुपर्ने बताएका थिए। इभाका अनुसार उनलाई यो पनि भनिएको थियो कि छोराछोरीको जिम्मेवारीका लागि पैसा अत्यावश्यक छ, त्यसैले यस्तो व्यवस्थामा संलग्न हुन कुनै समस्या हुनु हुँदैन। इभा ग्रोभरले एक अन्तर्वार्ताका क्रममा यी सबै दाबी गरेकी हुन्।

 

यद्यपि, यी गम्भीर आरोपहरूका बाबजुद इभाले हैदर अली खानको वर्तमान अवस्थाप्रति दुःख पनि व्यक्त गरिन्। उनले बताइन् कि हैदर ‘सिजोफ्रेनिया’ रोगसँग जुधिरहेका छन् र अत्यन्त नाजुक आर्थिक अवस्थामा छन्। इभाका अनुसार, उनीसँग बस्नका लागि स्थायी ठेगाना छैन र उनी कठिन परिस्थितिबाट गुज्रिरहेका छन्।

images

 

उनले यो जीवनको अन्तिम क्षण आउँदा उनले शान्ति पाऊन् भनेर प्रार्थना पनि गरेकी छिन ।

images