इटालीको प्रशिक्षक नबन्ने भए आन्द्रे पिर्लो

काठमाडौँ । इटालीको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका आन्द्रे पिर्लोसँग इटाली फुटबल फेडेरेसनले सम्झौता अगाडी नबढाउने भएको छ ।

फेडेरेसनले पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने यस अघि तय भएको बताए पनि पिर्लोले एक रसियन बेटिंग ब्राण्डसँग सहकार्य गरेपछि उनको नियुक्ति स्थगित गरिएको हो ।

पिर्लोले भने आफ्नो सहकार्यको राजनीतिक अर्थ लगाइएको भन्दै सधै इटाली फुटबलप्रति प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले यस विवादपछि इटालीको प्रशिक्षकको जिम्मेवारी नलिने स्पष्ट गरेका छन् ।

फेडेरेसनले भने पिर्लोसँगको सम्झौतामा हस्ताक्षर गर्नु अघि रद्ध गर्दै मुख्य प्रशिक्षकका लागि अन्य उम्मेदवारको खोजी गरिरहेको बताइएको छ ।