
काठमाडौँ । ११औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा शेखर थापाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा थापाले प्रतिनिधित्व गर्ने भएका हुन् ।

प्रतियोगितामा सहभागी हुने थापासहित ३ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।


त्यस्तै प्रतियोगिताका दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुने राखेपले जानकारी दिएको छ ।





