
बुर्किना फासो, २० साउन । सन् २०२२ को ‘कू’ अर्थात सैन्य सत्तापलट मार्फत सत्ता हातमा लिएका ३८ वर्षीय सेना अधिकारी क्याप्टेन इब्राहिम ट्राओरे अफ्रिकाका सर्वाधिक चर्चित नेताहरूमध्ये एक बनेका छन्।
उनका समर्थकहरूले उनलाई सार्वभौमिकता र विदेशी प्रभावविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा हेर्ने गरिरहेका छन भने अफ्रिकी महादेशभर उनको छवि चुलिँदै गर्दा उनको शासनकाल राजनीतिक गतिविधिमा बढ्दो प्रतिबन्ध, निरन्तर असुरक्षा र राष्ट्रिय पुनर्जागरणको उनको सन्देशले दिगो परिवर्तन ल्याउन सक्छ कि सक्दैन भन्ने प्रश्नहरूले पनि उत्तिकै चर्चामा छ ।


अप्रिल महिनामा ट्राओरेले बुर्किना फासोका जनतालाई ‘लोकतान्त्रिक व्यवस्थाको कुरा बिर्सन’ आग्रह गर्दै मुलुक अहिले लोकतान्त्रिक चरणमा नभई ‘अब मुलुक क्रान्तिकारी चरण’ मा रहेको तर्क गरिरहेका छन । उनको सरकारले सेनाको नेतृत्वमा रहेको संक्रमणकालीन अवधिलाई लम्ब्याउने र राजनीतिक दलहरूलाई विघटन गर्ने निर्णय गरे पछि यो भनाइ आएको थियो। उनको यो अभिब्यक्तिले नागरिक शासनको पुनर्बहाली अब तत्कालको प्राथमिकतामा नरहेको संकेत गर्छ।

अन्तर्राष्ट्रिय स्तरमा ट्राओरेको बढ्दो ख्याति र बुर्किना फासोभित्रको यथार्थबीचको विरोधाभास उनको राष्ट्रपतीय कार्यकालको एउटा मुख्य र निर्णायक विषय बनेको छ। बुर्किना फासो विगत एक दशकदेखि साहेल क्षेत्रको सुरक्षा संकटको केन्द्रबिन्दु रहँदै आएको छ, जहाँ अल कायदा र आईएसआईएलसँग आबद्ध सशस्त्र समूहहरूले देशका ठूला भू भागहरूमा आफ्नो प्रभाव विस्तार गरेका छन् र लगातारका सरकारहरूलाई समेत कमजोर वा निस्तेज बनाइरहेको अवस्थामा उनको नेतृत्वमा सत्ता पुगेको छ ।
ट्राओरेको प्रभाव बुर्किना फासोभन्दा धेरै टाढासम्म फैलिएको छ किनभने उनले विदेशी सैन्य हस्तक्षेप, आर्थिक परनिर्भरता र नागरिकसँग कुनै सरोकार नराख्ने ठानिएका राजनीतिक अभिजात वर्गप्रति अफ्रिकाका विभिन्न भागमा व्याप्त असन्तुष्टिलाई सम्बोधन गरिरहेको धेरै जनता विश्वास गर्छन ।

सन् २०२२ को सेप्टेम्बरमा सैन्य विद्रोहबाट सत्ता सम्हालेयता उनले फ्रान्सेली सेनालाई देशबाट निकालेका छन्, रुससँगको सम्बन्ध सुदृढ गरेका छन्, स्थानीय उद्योग तथा कृषिलाई प्रवर्द्धन गरेका छन् र आर्थिक आत्मनिर्भरतालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि सारेका छन्। उनको सरकार साहेल क्षेत्रका अन्य सैन्य नेतृत्वका सरकारहरूसँगै परम्परागत पश्चिमी सुरक्षा साझेदारीबाट टाढिने कदममा सामेल भएको छ।
उनका भाषणहरूमा प्रायः पूर्व क्रान्तिकारी नेता थोमस सान्काराको विरासतको चर्चा गरिन्छ। सान्काराले सन् १९८३ देखि सन् १९८७ मा आफ्नो हत्या नभए सम्म बुर्किना फासोमा शासन गरेका थिए र उनी सम्पूर्ण अफ्रिकामा साम्राज्यवाद विरोधी तथा आत्मनिर्भरताको प्रतीक मानिन्छन्।


समर्थकहरूको तर्क छ कि ट्राओरेले राष्ट्रिय गौरव पुनर्स्थापित गरेका छन् र बुर्किना फासोलाई राजनीतिक तथा आर्थिक रूपमा बाह्य शक्तिहरूमा निर्भर राख्ने प्रणालीलाई चुनौती दिएका छन्।
नाइजेरियास्थित ‘बिकन कन्सल्टिङ लिमिटेड’ का संस्थापक तथा सुरक्षा विश्लेषक कबिर आदामाले अल जजिरालाई भने, ‘बुर्किना फासोमा भइरहेको घटनाक्रम भनेको शासनको वैधता र कार्यसम्पादन बीचको सम्बन्ध विच्छेद हो। ट्राओरेले सुरक्षा संरचनालाई कार्यक्षमता भन्दा पनि राष्ट्रिय सार्वभौमिकतामा केन्द्रित हुने गरी पुनर्गठन गरेका छन्।’

आदामाुका अनुसार ‘भोलन्टियर्स फर द डिफेन्स अफ द होमल्यान्ड’ अर्थात मातृभूमि रक्षा स्वयंसेवकको गठन, ‘इकोवास’बाट बुर्किना फासोको बहिर्गमन र रुससँगको घनिष्ठ सुरक्षा सम्बन्धजस्ता कदमहरूले त्यहाँका जनतामा सकारात्मक प्रभाव पारेको छ किनकि उनीहरू विदेशी सहयोगमा सञ्चालित सैन्य प्रयासहरूबाट आजित भइसकेका थिए, जुन प्रयासहरू सशस्त्र समूहहरूको विस्तार रोक्न असफल भएर प्रमाणित पनि गरेका थिए ।
घानामा कार्यरत बुर्किना फासोका एक कूटनीतिज्ञले, जसले सार्वजनिक रूपमा बोल्ने अनुमति नभएकाले नाम नखुलाउने सर्तमा कुरा गरे, बताए कि ट्राओरेप्रतिको आकर्षणले बाह्य शक्तिहरूको प्रभावबाट कम प्रभावित देखिने नेताप्रतिको केही नागरिकको चाहनालाई झल्काउँछ।
ती कूटनीतिज्ञले अल जजिरालाई भने, ‘मैले दशकौं देखि पश्चिमी नेताहरूका भाषणहरू नियालिरहेको छु, ट्राओरे यस्ता पहिलो नेता हुन्, जो उनीहरूले तयार पारेको ‘स्क्रिप्ट’ वा निर्देशनअनुसार बोलिरहेका छैनन् जस्तो देखिन्छ, उनी जे बोलिरहेका छन, त्यो मनै देखि रहेको छ।’ ती कूटनीतिज्ञका अनुसार केही समर्थकहरू पश्चिमी सरकारहरूको आलोचनालाई यस कुराको प्रमाणका रूपमा लिन्छन् कि बुर्किना फासोको थप स्वतन्त्र बाटो अपनाउने प्रयासले स्थापित सम्बन्धहरूलाई चुनौती दिइरहेको छ।
ट्राओरेले आफ्नो सार्वभौमिकताु सम्बन्धी सन्देशलाई नीतिगत रूप दिने प्रयास गरेका छन्, यस क्रममा उनको सरकारले स्थानीय उत्पादन, रणनीतिक क्षेत्रहरूमा राज्यको नियन्त्रण तथा विदेशी साझेदारहरू माथिको निर्भरता घटाउने विषयलाई प्राथमिकता दिएको छ।

अधिकारीहरूका अनुसार बुर्किना फासोले कृषि क्षेत्रमा, विशेष गरी धान र मकैजस्ता मुख्य बालीहरूमा, लगानी बढाएको छ भने स्थानीय उत्पादन तथा प्रशोधन उद्योगहरूलाई पनि प्रोत्साहन गरिरहेको छ। साथै, सरकारले पूर्वाधार परियोजनाहरूलाई प्रवर्द्धन गर्नुका साथै रणनीतिक आर्थिक क्षेत्रहरूमा राष्ट्रिय सहभागिता बढाउने प्रयास पनि गरेको छ।सरकारले ‘मातृभूमि रक्षाका लागि स्वयंसेवक’ कार्यक्रमको दायरा पनि बढाएको छ। यो सरकारको समर्थन प्राप्त नागरिक दस्ता हो, जसलाई राज्यले सुरक्षा कायम गर्न कठिनाइ भोगेका क्षेत्रहरूमा सेनालाई सघाउन गठन गरिएको थियो।
सरकारले ‘मातृभूमि रक्षाका लागि स्वयंसेवक’ कार्यक्रमको दायरा पनि बढाएको छ। यो सरकारको समर्थन प्राप्त नागरिक दस्ता हो, जसलाई राज्यले सुरक्षा कायम गर्न कठिनाइ भोगेका क्षेत्रहरूमा सेनालाई सघाउन गठन गरिएको थियो।
के सुरक्षामा सुधार आएको छ ? यो नै ट्राओरेको राष्ट्रपतिकालको मुख्य कसी हो।
उनी बुर्किना फासोमा वर्षौं देखि बिग्रँदै गएको सुरक्षा अवस्थालाई सुधार्ने वाचासहित सत्तामा आएका थिए। छिमेकी मुलुक मालीमा देखिएको अस्थिरता पछि साहेल क्षेत्रमा फैलिएका अल कायदा र आईएसआईएलसँग आबद्ध सशस्त्र समूहहरूलाई नियन्त्रण गर्न यसअघिका सरकारहरूले संघर्ष गरेका थिए।
सन् २०२२ यता सेनाले देशभर आफ्ना कारबाहीहरू तीव्र पारेको छ र विभिन्न सहर तथा रणनीतिक स्थानहरू पुनः आफ्नो नियन्त्रणमा लिएको घोषणा पटक(पटक गरेको छ। सरकारी अधिकारीहरूका अनुसार धेरै क्षेत्रमा सुरक्षामा सुधार आएको छ र राज्यले सशस्त्र समूहहरूको नियन्त्रणमा रहेका भू–भागहरू पुनः आफ्नो अधीनमा लिएको छ।
‘अन्ततः ट्राओरेको राष्ट्रपतिकालको मूल्याङ्कन सुरक्षामा सुधार भयो कि भएन भन्ने आधारमै गरिनेछ,’ मुस्तफा बाचुरे सालामाले अल जजिरालाई बताए। उनी घाना बुर्किना फासो सीमा नजिकै कार्यरत घानाका निजी अनुसन्धानकर्ता तथा सुरक्षा र गुप्तचर विशेषज्ञ हुन्।
सालामाका अनुसार बुर्किना फासोले अझै पनि साहेल क्षेत्रमा अल कायदाको सहयोगी संगठन ‘जामात नुसरत अल–इस्लाम वाल–मुस्लिमिन’ र आईएसआईएलको ‘वेस्ट अफ्रिका प्रोभिन्स’सँग आबद्ध सशस्त्र समूहहरूबाट गम्भीर खतराको सामना गरिरहेको छ। साथै, त्यहाँ लाखौं मानिसलाई मानवीय सहायताको खाँचो छ, २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र सुरक्षासम्बन्धी सरकारी दाबीहरूको स्वतन्त्र पुष्टि गर्ने अवसर सीमित छ।
उनका अनुसार र्किना फासो र घानाले सीमापार खतराहरूको निगरानी गर्न तथा सशस्त्र समूहको हिंसालाई यस क्षेत्रमा फैलिनबाट रोक्न गुप्तचर सम्बन्धी सहकार्य गर्दै आएका छन्। सरकारी दाबीका बाबजुद बुर्किना फासो सशस्त्र समूहको हिंसाबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक बनेको छ। विभिन्न क्षेत्रमा आक्रमणहरू जारी छन्, सर्वसाधारणको नियमित रूपमा हत्या भइरहेको छ र मानवीय सहायता संस्थाहरूले लाखौं मानिसलाई सहयोगको आवश्यकता रहेको जनाएका छन्।
त्यसो त २० लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन् र प्रभावित धेरै क्षेत्रहरूमा पहुँच सीमित छ। पत्रकार, अनुसन्धानकर्ता र मानवीय सहायता समूहहरूको पहुँच खुम्चिँदै गएकाले सेनाका दाबीहरूको स्वतन्त्र पुष्टि गर्न पनि झन झन कठिन हुँदै गएको छ। सरकारले ‘मातृभूमि रक्षाका लागि स्वयंसेवक’कार्यक्रमको दायरा पनि बढाएको छ। यो सरकारको समर्थन प्राप्त नागरिक दस्ता हो, जसलाई राज्यले सुरक्षा कायम गर्न कठिनाइ भोगेका क्षेत्रहरूमा सेनालाई सघाउन गठन गरिएको थियो।
(अलजजिरावाट भावनुवाद)




