मिना बेल्बासे र टीका सानूको स्वरमा नयाँ तीज गीत ‘तीजको व्रत’ सार्वजनिक

काठमाडौं । नेपाली तीज पर्वलाई लक्षित गर्दै गायिका मिना बेल्बासेटीका सानूको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘तीजको व्रत’ सार्वजनिक गरिएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि मिना बेल्बासेतेज सिलवालको प्रस्तुतिमा आएको गीतले नेपाली मौलिक संस्कृति, तीज पर्वको महत्व तथा नेपाली महिलाका भावना सशक्त रूपमा प्रस्तुत गरेको छ।

गीतमा “तीजको व्रत बसेकी छु शिवजी, यसपालि त लगन जुराइदेऊ” भन्ने भावमार्फत विशेषगरी एक्लो जीवन बिताइरहेका तथा एकल महिलाहरूको मनोभावलाई मार्मिक रूपमा चित्रण गरिएको छ। गीतले जीवनका दुःख–सुख बाँड्ने असल जीवनसाथीको चाहना र आशालाई भावुक ढंगले अभिव्यक्त गरेको छ।

गीतमा नवीन घिमिरेको शब्द, तेज सिलवालको संगीत, भूमिराज थापा मगरको एरेञ्ज रहेको छ। भिडियोमा कृष्टिना साह ठकुरीसोमिता खनालको अभिनय देख्न सकिन्छ भने निर्देशन शिवजी क्षत्रीले गरेका हुन्।

त्यसैगरी नवीन घर्ती मगरले सम्पादन तथा कलरिङ, सुरज भुसालकृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङ गरेका छन्। गीत द म्युजिक ईरा स्टुडियोमा रेकर्ड गरिएको हो।

नयाँ तीज गीत ‘तीजको व्रत’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।