‘वर्षौ देखी श्रीमतीसँग यौनसम्पर्क नगरेका चर्चित भिनेता कम उमेरका महिलासँग गर्छन’

मुम्बई, २५ साउन । टाढाबाट निकै चम्किलो र त्रुटिरहित देखिने चलचित्र तथा चलचित्रकर्मीहरूको संसार नजिकबाट हेर्दा उत्तिकै अँध्यारो र खोक्रो छ। यहाँका आपसी सम्बन्धहरू यस्ता छन्, जसले जो कसैलाई चकित पार्न सक्छन्।

जासूस तान्या पुरीले हालै एउटा पोडकास्टमा यस्तै केही चलचित्रकर्मीहरूबारे सनसनीपूर्ण खुलासा गरेकी छिन् र उनका यी भनाइहरू अहिले चर्चाको विषय बनेका छन्।

तान्या हाल करण जोहरको शो ‘द ट्रेटर्स २’का कारण चर्चामा छिन्, जसमा उनी एक प्रतिस्पर्धीका रूपमा सहभागी हुदैँ छिन्। तर, शोमा आबद्ध हुनु अघि नै उनले केही कलाकारहरूको व्यक्तिगत जीवनबारे खुलासा गरेकी थिइन्। तान्याले दाबी गरेअनुसार ‘ग्रीन फ्ल्याग’ अर्थात् ‘आदर्श जीवनसाथी’ मानिने एक कलाकारले वर्षौँदेखि आफ्नी श्रीमतीसँग एउटै ओछ्यानमा सुतेका छैनन् तर उनी आफूभन्दा निकै कम उमेरका महिलाहरूसँग सम्बन्धमा रहेका छन्।

तान्या पुरीले जाहरा जानीको पोडकास्टमा यो कुरा खुलासा गरेकी हुन्। कुराकानीका क्रममा उनले बलिउडकी एक यस्ती अभिनेत्रीबारे पनि चर्चा गरिन्, जो आफ्नो ‘क्युट’ र निर्दोष छविका लागि चिनिन्छिन् तर वास्तवमा उनी पैसाका लागि अन्य पुरुषहरूसँग यौन सम्बन्ध राख्छिन्र र यो कुरा उनका प्रेमीलाई पनि थाहा छ।

जब उनलाई कुनै अन्य पोडकास्टमा चर्चा नगरिएको बलिउडको कुनै चर्चित घटनाबारे (नाम नखुलाई) केवल घटनाको विवरण मात्र बताउन आग्रह गरियो, तब उनले त्यसबारे जानकारी दिएकी हुन् ।

यसै सन्दर्भमा तान्या पुरीले एउटा घटनाबारे बताइन्, जसमा संलग्न अभिनेतालाई मानिसहरू ‘ग्रीन फ्ल्याग’ अर्थात् असल र भरपर्दो व्यक्ति मान्छन्। उनी एक आदर्श व्यक्तिका रूपमा चिनिन्छन् । समाजमा वा बलिउडमा उनको छवि एकदमै उत्कृष्ट छ सम्बन्ध पनि सुमधुर झै देखिन्छ छ र उनी आफ्ना छोराछोरीका लागि एक असल पिता पनि मानिन्छन् ।

‘तर, एकदिन उनकी श्रीमतीले यसबारे कुराकानी गर्न र वास्तविकता पत्ता लगाउन हाम्रो कम्पनीसँग सम्पर्क गरिन्  । उनी लामो समयदेखि नै यसबारे केही कदम चाल्ने सोचमा थिइन् किनकि उनले विभिन्न कुराहरू सुन्दै आएकी थिइन्,’ तान्याले भनिन, ‘हामीले थाहा पायौं कि उनले एउटा यस्तो चलचित्र शृङ्खलामा काम गरेका थिए जहाँ उनी धेरै युवतीहरूको सम्पर्कमा आएका थिए। यसमा एक विशेष प्रकारको चलचित्र विधा समावेश थियो, जसमा उनले दृश्यहरूमा अरूसँग काम गर्थे तर हामीले के पत्ता लगायौं भने वास्तवमा उनी आफ्नो उमेरको आधा उमेर भएका युवतीहरूसँग सम्बन्धमा थिए।’

तान्याले थपिन्, ‘किनभने वास्तविक जीवनमा पति पत्नीबीच कुनै आत्मीय सम्बन्ध छैन। उनीहरूबीच कुनै शारीरिक निकटता पनि छैन। पत्नीले हामीलाई बताइन् कि उनीहरूबीच वर्षौंदेखि केही पनि भएको छैन। उनीहरू अब एउटै कोठामा पनि सुत्दैनन्, उनीहरूमध्ये प्रत्येकले एउटा एउटा बच्चाको हेरचाह गर्छन्।’

images

तान्या पुरीले खुलासा गरेकी छिन् कि ती अभिनेता र उनकी श्रीमती अझै पनि सँगै रहेका छन् जबकि श्रीमतीलाई उनका सबै गलत हर्कत र क्रियाकलाप बारे राम्रोसँग जानकारी रहेको छ। यद्यपि, उनले यो पनि उल्लेख गरिन् कि सेलिब्रेटीहरूका लागि आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्नु निकै कठिन हुन्छ किनभने उनीहरू सार्वजनिक व्यक्तित्व हुन् र उनीहरूले निरन्तर रूपमा जन निरीक्षण तथा आफ्नो छविसँग सम्बन्धित चिन्ताहरूको सामना गर्नुपर्ने हुन्छ।

तान्याले ती अभिनेताको नाम नखुलाए पनि सामाजिक सञ्जालमा मानिसहरूले यस विषयमा अनुमान लगाउन सुरु गरिसकेका छन्।

images