विवाह वार्षिकोत्सवमा सामाजिक सेवा : नारायण–विपना पुरीद्वारा सिद्धेश्वर शिवालयमा राहत सामग्री सहयोग (तस्बिर सहित)

-अनिल नेपाली / अर्घाखाँची डटकम

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ निवासी नारायण पुरी र विपना पुरीले आफ्नो छैठौं वैवाहिक वर्षगाँठको अवसरमा सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै राहत सामग्री सहयोग गर्नुभएको छ।

दम्पतीले सन्धिखर्क नगरपालिका–२ भक्तिटोलास्थित सिद्धेश्वर शिवालय मन्दिरमा बसोबास गर्दै आएका बटुकहरूका लागि खाद्यान्न तथा शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो।

May be an image of one or more people, people smiling and text

विवाह वार्षिकोत्सवको अवसरमा होटल तथा रेष्टुरेन्टमा खर्च गर्नुको सट्टा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले आफूहरूले यस्तो कार्य गरेको नारायण पुरीले बताउनुभयो।

पुरी दम्पतीले मन्दिरमा ५० किलो चामल, ३० किलो दाल, ५ लिटर तेल, ५० थान कापी र ५० थान पेन सहयोग गर्नुभएको छ।

May be an image of text

लामो समयदेखि अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर परिसरमा फूल तथा फोटो व्यवसाय गर्दै आउनुभएका पुरीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो।

सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद खनालले पुरी दम्पतीको सहयोग प्रशंसनीय र अरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।

May be an image of text

कार्यक्रममा सन्धिखर्क नगरपालिका–७ का वडा अध्यक्ष चुरा बहादुर केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, पत्रकार अनिल नेपाली लगायत सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पुरी दम्पतीको सामाजिक कार्यको प्रशंसा गरेका थिए।

images

May be an image of one or more people, people smiling and text

सिद्धेश्वर शिवालय मन्दिरमा हाल करिब ५० जना बटुकहरू बसोबास गर्दै आएका छन्।

images

तस्बिर : अनिल नेपाली / अर्घाखाँची डटकम

May be an image of text

images

#Arghakhanchi #Sandhikharka #SocialWork #Arghakhanchicom #AnilNepali