उद्यमशीलताको विकासले युवालाई स्वदेशमै रोजगारी र महिलालाई आत्मनिर्भर बनाउँछ : नगरप्रमुख थापा (तस्बिर सहित)

-अनिल नेपाली ,अर्घाखाँची । 

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्यमशीलताको विकासले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग, आम्दानी वृद्धि र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ।

दलित महिला संघ (फेडो) र दलित चेतना विकास परिषद् अर्घाखाँचीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय महिला (UN Women) को साझेदारीमा सञ्चालित एकदिने उद्यमशीलता विकास तालिम कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो।

May be an image of smiling, hospital, temple and text

उहाँले उद्यमशीलताले मानिसलाई केवल जीविकोपार्जनमा सीमित नराखी आर्थिक, सामाजिक र व्यक्तिगत विकासतर्फ अघि बढाउने बताउँदै निर्वाचित भएपछि नगरपालिकाले स्वरोजगार र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

नगरप्रमुख थापाले विशेषगरी महिलाहरूलाई आयआर्जनसँग जोड्न व्यावसायिक कृषि, सीप विकास तथा अन्य उद्यममूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै यस्ता तालिमले महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।

May be an image of one or more people, people studying, hospital and text

कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नं. ४ का अध्यक्ष बाबुराम पन्थी सुनारलगायतले मन्तव्य राख्नुभएको थियो।

तालिममा वरिष्ठ कृषि विकास अधिकृत विष्णु मगरातीले व्यवसायिक योजना निर्माण, बजार व्यवस्थापन, जोखिम पहिचान, व्यवसाय सञ्चालन प्रक्रिया, व्यवसायका चुनौती तथा फाइदा र सफल व्यवसायीमा हुनुपर्ने गुणहरू लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

May be an image of one or more people and text

images

कुसुन्डाडा पैरवी समूह र चौतारा पैरवी समूहका करिब २८ जना महिलाको सहभागिता रहेको तालिममा न्यून आय भएका महिला तथा दलित समुदायलाई उद्यमशीलतासम्बन्धी ज्ञान प्रदान गरी आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्य रहेको आयोजक संस्था दलित चेतना विकास परिषद् अर्घाखाँचीकी राधा नेपालीले जानकारी दिनुभयो।

May be an image of one or more people and text

images

कार्यक्रममा वडा सदस्य, सञ्चारकर्मी, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

May be an image of one or more people, people studying and text

images

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD