
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।


यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।





