
काठमाडौं, २९ साउन । म्यानचेस्टर सिटीका मिडफिल्डर तिजानी रेइन्डर्स ५ करोड २० लाख पाउन्डको सम्झौतामा साउदी प्रो लिगको क्लब अल कादसियामा आबद्ध हुने तयारीमा छन्।
सिटीले यी डच खेलाडीका लागि रकममा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । उनी गत गर्मीमा एसी मिलानबाट सिटीमा आउँदा ४ करोड ६५ लाख पाउन्डमा अनुबन्धित भएका थिए।

सिटीमा रेइन्डर्सको सुरुवात उत्कृष्ट भए पनि पेप ग्वार्डिओलाको क्लबमा अन्तिम सिजन मानिएको सो अवधिमा उनले उल्लेख्य प्रभाव पार्न संघर्ष गरेका थिए । जसमा उनले ४७ खेलमा ७ गोल गरेका थिए ।


लिभरपूल, सेल्टिक र लेस्टरका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सले सम्हालेको टोलीमा जाने सम्भावना बीच २८ वर्षीय रेइन्डर्सले बिहीबार सिटीको मुख्य टोलीभन्दा अलग रहेर प्रशिक्षण गरेका थिए ।
रेइन्डर्सको बहिर्गमन सिटीको मिडफिल्डमा हुन लागेको ठूलो फेरबदलको एक हिस्सा जस्तो देखिन्छ ।






