
नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौं आयोजित एक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारी सेवाहरु ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने उहाँको भनाइ छ ।


अध्यक्ष पाण्डेले उद्योग विभागका सबै सेवाहरु डिजिटल प्रणालीमार्फत हुने कुराले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनु भयो । उहाँले विगतमा समेत उद्योग विभागले डिजिटल प्रणालीमर्फत सेवा प्रवाह गर्ने भनेपनि फाइल बोकेर कुद्नुपर्ने अवस्था रहेकोमा अगामी दिनमा त्यस्तो अवस्था आउन नदिने कुरामा विभाग गम्भीर हुनुपर्ने बताउनु भयो । डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा समेत उहाँको जोड छ ।

उहाँले भन्नुभयो,‘हामीले पहिलेदेखि उठाउँदै आएको विषय गुड गभर्नेन्सको बेसिक फण्डामेन्टल भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस इनिसियटिभ हुनुपर्छ भन्ने हो । हामीले सबै कुराहरुमा डिजिटल्ली सबै जाने भनेर भन्दा पनि फेरी प्रिन्ट गरेर फाइल लिएर जानुपर्ने खालको सिचुएसन थियो । त्यसले खासै प्रभाव नदिएको अवस्थामा अब उद्योग विभाग पूर्ण रुपमा डिजिटल प्रणालीमा जाने कुरा हाम्रो लागि पनि खुशीको कुरा हो । यसले कामको प्रभावकारीता बढाउनुका साथै समयको समेत बचत हुन्छ । यसको मल्टिपल बेनिफिटहरु छ । तर ग्राजुयल्ली हामी जानुपर्ने भनेको त्यो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर बनाएर सबै कुराहरू चाहीँ मलिटपल इन्ट्री नगरिकन सबै इन्टरकनेक्टेड गरेर जानुपर्ने हो । त्यो विषयमा इनिसियटिभ भइरहेको छ भन्ने कुरा पनि आएको छ । यसले अब हाम्रो कस्ट अफ डुइङ बिजनेसलाई, एफिसियन्सीलाई पनि इम्प्रुभ गर्छ । हाम्रो इन्भेस्टर्सहरू, एफडीआई लगायत सबैलाई पनि यसले सहयोग पुग्ने विश्वास छ ।’
बाइट… वीरेन्द्रराज पाण्डे, अध्यक्ष, नेपाल उद्योग परिसंघ (सिएनआई)
उहाँले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई आकर्षित गर्नसमेत डिजिटल प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।





