प्रोटोन ईमास ५ को नयाँ टिभीसी ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ईमास ५ का लागि नयाँ टिभीसी फिल्म ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक गरेको छ।

‘रिडिफाइन योर एभ्रिडे’ अभियानअन्तर्गत सार्वजनिक गरिएको टिभीसी फिल्मले काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथामार्फत दैनिक जीवनका अनुभवलाई नयाँ ढंगले प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाविना यात्रामा निस्किएका साथीहरू तथा परिवारसँग समय बिताइरहेका व्यक्तिका कथामार्फत आधुनिक सहरी जीवनका विविध पक्षलाई फिल्ममा देखाइएको छ।

कम्पनीका अनुसार अभियानको मुख्य सन्देश दैनिक जीवनलाई नयाँ रूप दिने वा अर्थपूर्ण बनाउने कुरा सधैँ ठूलो परिवर्तन हुनु आवश्यक छैन, आफूले बाँचिरहेका क्षणलाई अझ सहज र सुन्दर बनाउनु पनि महत्वपूर्ण हुन्छ भन्ने रहेको छ।

यसैबीच, प्रोटोन ईमास ५ ले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट उच्च चासो र सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।

प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध ईमास ५ मा रियर–ह्विल ड्राइभ, जी–ट्र्याक्सन कन्ट्रोल, ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन तथा भेहिकल–टु–लोड (भी–टु–एल) क्षमता लगायतका सुविधा रहेका छन्।

जगदम्बा मोटर्सले नयाँ टिभीसी फिल्ममा प्रस्तुत गरिएका चार कथालाई आगामी साताहरूमा क्रमशः सार्वजनिक गर्ने जनाएको छ। ती फिल्महरू प्रोटोन नेपालको डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #ProtonEMAS5 #ProtonNepal #RedefineYourEveryday #ElectricSUV #EV #ElectricVehicle #JagadambaMotors