प्रधानमन्त्री बालेन्द्र शाह अन्नपूर्ण इको भिलेज रिसोर्टमा, भोलि मुस्ताङ जाने

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्।

प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन्। पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

प्रधानमन्त्री शाहको यो भ्रमण पूर्णतः पारिवारिक भ्रमण रहेको बताइएको छ। उनी आज राति सोही रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।

शाह भोलि अस्तामबाट मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीको पारिवारिक भ्रमणका क्रममा अस्तामको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य तथा पर्यटन क्षेत्रको सम्भावनाले समेत चर्चा पाएको छ। पोखरा आसपासका पर्यटकीय गन्तव्यमा उच्चपदस्थ व्यक्तिहरूको भ्रमणले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

अस्ताम माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। हिमाल, ग्रामीण वातावरण र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।

#arghakhanchicom #बालेनशाह #प्रधानमन्त्री #अस्ताम #पोखरा #मुस्ताङ #पर्यटन #अन्नपूर्ण