
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरु एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले हिमाली पथप्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्ण चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो ।
उहाँले २०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएकोमा अहिले नयाँ ऐन बन्न लागेकोमा खुशी समेत व्यक्त गर्नुभयो ।





