नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत, जलविद्युत क्रान्तिमा बजारको ठूलो योगदानः विश्लेषक घिमिरे

पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भुमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पूँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै उहाँले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले यसको महत्वलाई प्रष्ट पारेको उल्लेख गर्नुभयो ।

घिमिरेकाअनुसार हाल नेपालको कुल जीडीपी ६० खर्ब रुपैयाँ रहेको छ भने शेयर बजारको पुँजीकरण करिव ४६ खर्ब रुपैयाँ पुगेको छ ।

यस तथ्याङ्कले नेपालको अर्थतन्त्रको ७७ प्रतिशत हिस्सा पुँजी बजारले ओगटेको देखाउँछ ।

पुँजी बजारले अर्थतन्त्रलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी उपलब्ध गराउनुका साथै सर्वसाधारणलाई कम्पनीको स्वामित्व प्रदान गरी ‘आर्थिक लोकतन्त्र’ को प्रत्याभुति गराएको उहाँको तर्क छ ।

अन्य समाचारहरु