टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए’ लाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत एसिटीले नेपाल ‘ए’ लाई १४१ रनको लक्ष्य दिएको छ ।

टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो । एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए ।