
काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कबिहिन भएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशीसहित करिब ४०० पर्यटकहरू बेपत्ता भएका हुन् । उनीहरूमध्ये अधिकांश तिब्बतस्थित कैलाश मानसरोवर जाने क्रममा थिए।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरका अनुसार उद्धारका लागि तिब्बत केन्द्रित प्याकेज सञ्चालन गर्ने टुर अपरेटरहरूबाट विवरणहरू आउने क्रम जारी रहेकाले बेपत्ताहरूको संख्या अद्यावधिक गरिराखिएको छ ।
बेपत्ता हुनेहरूमा १०० भन्दा बढी भारतीय, १७ मलेसियाली, १२ बेलायती, चार दक्षिण अफ्रिकी तथा अमेरिका, अष्ट्रेलिया र नेदरल्यान्ड्सका नागरिकहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बोर्डले जनाएको छ ।


बाढीबाट प्रभावित यो मार्ग लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रा र पहाडको काखमा अवस्थित पवित्र ताल गोसाइँकुण्ड जाने मुख्य प्रवेशद्वार पनि हो । यस शुक्रबार पर्ने रक्षाबन्धन पर्वका अवसरमा मानिसहरू त्यहाँ पूजा आराधना गर्न पुग्ने गर्दछन्। सोही क्रममा अधिकांस तिर्थयात्रीहरू कि त फसिरहेका छन कि त बाढीमा बेपत्ता भएको आशंका गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार हराएका विदेशी नागरिकहरूः
१२ बेलायती नागरिक
१०५ भारतीय नागरिक
३७ गैरआवासीय भारतीय
१७ मलेसियाली
४ दक्षिण अफ्रिकी
३ अमेरिकी
१ अस्ट्रेलियन
१ डच

अन्यकाे पहिचान खुल्न बाँकी रहेकाे पर्यटन बाेर्डले जनाएकाे छ।




