पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः आज साँझसम्म पूर्ण सञ्चालनमा आउने

त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ । धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो ।

सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ ।

बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको छ ।

यसका साथै सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ ।

अन्य समाचारहरु