
दुबई । अर्घाखाँची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य चयन भएका छन्। समितिको ७औँ अधिवेशनबाट आचार्यको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।


सेप्टेम्बर ६, २०२६ आइतबार दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको हलमा सम्पन्न अधिवेशनमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता समितिका निवर्तमान अध्यक्ष जे.पी. पोखरेलले गरेका थिए।


गुरु दिनेश शर्माको स्वस्ति वाचन तथा प्रमुख अतिथि, अध्यक्ष र अतिथिहरूको संयुक्त दीप प्रज्वलनबाट उद्घाटन गरिएको अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो भने निवर्तमान महासचिव अमित पाण्डेले सञ्चालन गरेका थिए।


नेपालमा हालै भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा १०८ वटा दीप प्रज्वलन गरी मौनधारण गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपीडितको सहयोगका लागि समितिको तर्फबाट ११ हजार यूएई दिराम (करिब ४ लाख ५१ हजार रुपैयाँ) नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानलाई हस्तान्तरण गरिएको छ। उक्त रकम विभिन्न संघसंस्थाबाट संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने जनाइएको छ।


अधिवेशनकै अवसरमा लामो समय यूएईलाई कर्मथलो बनाएर अब स्वदेश फर्किन लागेका निवर्तमान अध्यक्ष जे.पी. पोखरेल र उनकी श्रीमतीलाई समितिले सम्मानपत्र, खादा तथा दोसल्लासहित सम्मान गर्दै बिदाइ गरेको थियो। विभिन्न संघसंस्थाले समेत उनीहरूलाई मायाको चिनो तथा सम्मानसहित बिदाइ गरेका थिए।
चिरन केसीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष: चिरन आचार्य
वरिष्ठ उपाध्यक्ष: ओम केसी
प्रथम उपाध्यक्ष: अमित पाण्डे
महिला उपाध्यक्ष: पार्वता श्रेष्ठ मल्ल
उपाध्यक्ष: हिमेन्द्र क्षेत्री, राकेश रायमाझी, गंगा बस्नेत पन्थी, मणिराम गैरे, भीम केसी, गणेशप्रसाद पौडेल
कोषाध्यक्ष: हरी बिसी
महासचिव: नवराज सिंह ठकुरी
सचिव: रामप्रसाद श्रेष्ठ

सदस्यहरू: सुनिल थापा, छन्द श्रेष्ठ, उमा घिमिरे, मन्जु घिमिरे, सिद्धार्थ भुसाल, कमल खनाल, अनिल खड्का, गोविन्द पोखरेल, सम्झना खनाल, रामबहादुर अधिकारी, नारायणप्रसाद पौडेल, तारा बिरकट्टा मगर, माया रेश्मी मगर, हरी भण्डारी, जुनु पन्थी, अर्चना पाण्डे, बाबुराम भुसाल, राहुल खनाल, जीवन खनाल, अनु शर्मा, प्रियंका श्रेष्ठ, तारा परियार, कृष्ण गमाल, अशोक श्रेष्ठ, लेखनाथ अधिकारी, शिला खनाल, जानका घिमिरे र पुष्पा भाट।

अर्घाखाँची सम्पर्क समिति यूएईले लामो समयदेखि यूएईमा रहेका अर्घाखाँचीवासीबीच आपसी सम्बन्ध, सहयोग तथा सामाजिक गतिविधिमा काम गर्दै आएको छ।






