तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न: मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, दीपक खरेल र बुद्धवीर लामालाई जीवन साधना सम्मान

तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न , मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, दीपक खरेल र बुद्धवीर लामालाई जीवन साधना सम्मान

काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय गायक मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायकको अवार्ड हात पारेका छन्।

आयोजक संस्थाका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा गीत–संगीत तथा चलचित्र क्षेत्रका विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको अवार्डको तेस्रो संस्करणमा पब्लिक च्वाइससहित गीत–संगीत तथा चलचित्र क्षेत्रका २४ विधामा सर्जक तथा कलाकारलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरियो। त्यस्तै वरिष्ठ गायक आनन्द कार्कीप्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ प्रदान गरिएको थियो।

यसैगरी निखिल उप्रेती, सञ्चिता लुइँटेल, पूजना प्रधान गुरुङ, अशोक मुकारुङ, किशोर झा, पुष्कर सुनुवार, चित्र आठपहरिया, सुनिता कुँवर, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, श्रीकृष्ण बिष्ट र निमा शेर्पालगायतलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

May be an image of text

अवार्ड विजेताहरू

सर्वोत्कृष्ट राष्ट्रिय भाव गीततर्फ ‘यो देशले तिम्रो’, सर्वोत्कृष्ट भजन गायक मोतिराज खनाल, सर्वोत्कृष्ट गीतकार चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पप गायिका तपस्या राई, सर्वोत्कृष्ट पुरुष मोडेल ज्ञानदिप सुवेदी र सर्वोत्कृष्ट लोक गायक सोम गुरुङ घोषित भए।

त्यस्तै सर्वोत्कृष्ट सङ्गीतकार सुरेश राई, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक किशोर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायक मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिका सुनिता राई, सर्वोत्कृष्ट युगल गायिका मेनुका राई, सर्वोत्कृष्ट आधुनिक गीतकार कुमार केरुङ र सर्वोत्कृष्ट लिम्बू पालाम गायक भीमकुमार तुम्बापोले अवार्ड प्राप्त गरे।

images

सर्वोत्कृष्ट भिडिओ सम्पादक मोहन सुनुवार, सर्वोत्कृष्ट लोक पूर्वेली गायिका सुमी चाम्लिङ राई, तीज गीततर्फ स्वेता कार्की, लोक युगल निर्देशक शिवजी क्षेत्री तथा वर्षका उत्कृष्ट चलचित्र निर्देशक हस्त बहादुर लिबाङ (लिम्बू) घोषित भए।

जनमत (पब्लिक च्वाइस) अवार्ड

जनमततर्फ सर्वोत्कृष्ट युगल गायक बबिना किराँती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत टेक तामाङ, सर्वोत्कृष्ट गीतकार मीरा देवी राई, सर्वोत्कृष्ट पप गायिका सरगम राई, सर्वोत्कृष्ट लोक गायक रामचन्द्र चन्द तथा सर्वोत्कृष्ट भिडिओ निर्देशक कुबेर तामाङले अवार्ड हात पारे।

images

May be an image of one or more people and text

कार्यक्रममा अवार्ड जुरी सदस्यका रूपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार/सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक/कलाकार उदय सुब्बा तथा हास्य कलाकार दिवाकर भण्डारी रहेका थिए।

images

समारोहमा वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक/कलाकार हस्त लिबाङ, गीतकार डी.आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल र **तुलसी गिरी ‘भावुक’**लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् भने अतिथिहरूको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिइन्। कार्यक्रमलाई विभिन्न संस्था तथा कम्पनीले प्रायोजन तथा सहयोग गरेका थिए भने रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए।

तेस्रो संस्करणको अवार्डमा सर्वोत्कृष्ट भजन गायकको उपाधि जित्दै मोतिराज खनालले आफ्नो सांगीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन्।

 

Nepal life insurance