
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशका अधिकांश भू–भागमा बदली र वर्षाको सम्भावना रहेको छ।


हालको अवस्था :
देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकीका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो :

देशभर साधारणतया बदली।
कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना।
कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा वर्षा/हिमपात हुनसक्ने।

तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति :
कोशीसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा वा हिमपातको सम्भावना छ।
कोशी र गण्डकीका पहाडी भू–भागका केही स्थानमा तथा बागमतीका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ। कोशीको तराई, मधेश तथा बागमती–गण्डकीका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेष सावधानी: भारी वर्षाको सम्भावना रहेका पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, बाढी तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




