
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ ।
संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।


संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ । ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ । यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५ र ठूलो अन्डाको ५९० रुपैयाँ थियो ।

संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ । यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ । उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ ।




