बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?

 

काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह हाल न्युयोर्कमा छन् । उनी बुधबार दिउँसो पुगेका थिए ।

न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा उत्रिँदा त्यहाँ उनलाई अमेरिकी अधिकारीले स्वागत गरेनन् । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपाली राजदूत र अन्य नेपाली अधिकारीहरुले प्रधानमन्त्री शाहलाई स्वागत गरे । तर सत्तारुढ रास्वपाका समर्थक र कार्यकर्ताले भने एआई प्रयोग गरेर बालेनलाई अमेरिकी राष्ट्रपतिले स्वागत गरेको भिडियो र फोटो बनाएर सामाजिक सञ्जाल हेर्नै नसक्ने गरी प्रदूषण गरेका छन् ।

बालेनलाई अमेरिकाले बेवास्ता गरेकै हो त ? होइन । राष्ट्रसंघीय महासभामा भाग लिन जाने विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख वा प्रतिनिधिलाई (अपवादबाहेक) अमेरिकाले विमानस्थलमा स्वागत गर्दैन ।

बुधबार नै न्युयोर्क पुगेका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

यसअघि सन् २०२४ सेप्टेम्बर २१ मा तत्कालीन प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७९औं महासभामा भाग लिन जाँदा अमेरिकाका लागि नेपालका अवैतनिक कन्सुलर प्रेमराजा महत, एसी शेर्पा र ऋषि ढकाल, सान ढिएगोका अनरेरी काउन्सिल जेनेरललगायतले स्वागत गरेका थिए ।

विशेष केसबाहेक संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाने विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख वा प्रतिनिधिलाई अमेरिकी राष्ट्रपति वा उच्चस्तरीय अमेरिकी अधिकारीले स्वागत गर्दैनन् ।

१३० भन्दा बढी मुलुकका नेताहरु राष्ट्रसंघको महासभामा भाग लिन लगभग एकैपटक अमेरिका पुग्ने हुँदा हरेकलाई विमानस्थलमा स्वागत गर्न सम्भव पनि छैन ।
राष्ट्रसंघ स्वतन्त्र अन्तर्राष्ट्रिय निकाय हो । यसको कार्यक्रममा भाग लिन जाने राष्ट्रप्रमुख वा सरकार प्रमुख अमेरिकाका पाहुना होइनन् । उनीहरुलाई स्वागत गर्नु अमेरिकी कर्तव्यभित्र पर्दैन ।

images

राष्ट्रसंघको मुख्यालय अमेरिकामा रहेका कारण मात्रै प्रतिनिधिहरु महासभामा माग लिन अमेरिका जानुपरेको हो । बरु न्युयोर्क सहरमा राष्ट्रसंघको मुख्यालय रहेकाले उक्त सहरलाई चाहिँ अन्तर्राष्ट्रिय भूभाग मानिन्छ ।

अमेरिकासँग युद्धमा रहेको इरानका राष्ट्रपति पनि ८१औं महासभामा भाग लिन न्युयोर्क पुगे । अमेरिकाले उनलाई आफ्नो मुलुकमा प्रवेश गर्ने भिसा दियो र अमेरिकी भूभागमै उभिएर उनले अमेरिकालाई आतंकवादी भने ।

images

इरानका निर्दोष स्कुले बालबालिका, गर्भवती महिला र जन्मिनै बाँकी रहेका इरानी बालबालिका अमेरिकी र इजरायली आतंकवादको चपेटमा परेको बताए । अमेरिकी प्रतिनिधिले इरानका राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेका थिए ।