
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु तथा पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी हिमाली भू–भागमा साधारणतया बदली, पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका हिमाली तथा पहाडी भू–भागमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम:





